• वैशाख महिनामा उठ्यो ३२ अर्ब अन्तशुल्क र भ्याट, स्थानीय तहले कती पाए ?

  • वैशाख महिनामा संकलन भएको अन्तशुल्क र मूल्य अभिवृद्धिकर भ्याट बापतको रकम महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहमा पठाएको छ । 

    वैशाख महिनामा ३२ अर्ब ३९ करोड रुपैयाँ भ्याट र अन्तशुल्कको रकम उठेको छ । जसमध्येबाट स्थानीय तहमा ४ अर्ब ८५ करोड रकम पठाइएको हो ।

    यो रकममध्ये महालेखाले प्रदेशका लागि पनि करिब ४ अर्ब ८५ करोड पठाउने छ भने २२ अर्ब ६७ करोड केन्द्र सरकारको सञ्चित कोषमा रहने छ ।

    संघको विभाज्य कोषमा जम्मा भएको अन्तशुल्क र भ्याटबाट केन्द्र सरकारले ७० प्रतिशत राख्ने, प्रदेश र स्थानीय तहको खातामा १५-१५ प्रतिशत रकम बाँडफाट गर्ने अन्तर-सरकारी वित्त हस्तान्तरण ऐन २०७४ मा उल्लेख छ । सोही अनुसारको रमक स्थानीय तहमा पठाइएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय