• पाैने ४ कराेड अवैध भारतीय रूपैयाँसिहत २ जना पक्राउ

  • काठमाडाैं। भारतबाट नेपालतर्फ आउदै गरेका दुई जना भारतीयबाट अवैध ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको छ। प्रहरीले रौतहटको रामपुरखापबाट बुधबार उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन्।

    भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय