• कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन अस्पतालहरूलाई निर्देशन

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई आफ्ना सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सहभागी गराउन निर्देशन दिएको छ ।

    मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा सहभागि नभएको गुनासो गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सोमबार नै आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सामाजिक सुरक्षा कोषमा समावेश भए नभएको र न्यूनतम पारिश्रमिक लागू भए नभएको विषयमा अनुगमन गरिने जानकारी गराइएको थियो ।

    यता स्वास्थ्य क्षेत्रमा पारिश्रमिकको पनि समस्‍या देखिएको छ । मन्त्रालयले अनिवार्य न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

    न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिइएको गुनासा पाइएको भन्दै सबै अस्पतालाई अस्पतालमा कार्यरत कर्मचारीलाई कोषमा अनिवार्य समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन निर्देशन दिएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय