• जानकार भन्छन् : बजेट कार्यन्वयन गर्ने गरी स्रोत सुनिश्चितता गरिएको छैन

  • सरोकावालाहरूले बजेट कार्यन्वयन गर्ने गरी स्रोत सुनिश्चितता नगरिएको बताएका छन् । इसिभी नेपाल र एफपिए नेपालले गरेको युवा अभिमत भर्चुअल संबादमा उनीहरुले यस्तो बताएका हुन् । बजेटमा केही युवा लक्षित कार्यक्रम रहेपनि कार्यन्वयन गर्ने गरि नल्याएको उनीहरूको तर्क छ ।अर्थविद् डा. रेवत बहादुर कार्कीले युवाहरुलाई उद्यमशिलतामा अग्रसर हुन सुझाएका छन् । सरकारले आगामी आर्थिक बर्षकालागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्बजनिक गरेको र त्यसमा युवाका मुद्धाहरु ओझेलमा परेको भन्दै युवालहरुलाई सरकारको मुख नहेरी आफै उद्यमशिलतामा लाग्न सुझाएका छन् ।

    डा. कार्कीले भने “बजेटको प्राथमिकतामा युवाहरु पर्दैनन् परेपनि ति कार्यक्रम कार्यान्वयनमा ध्यान दिएको पाईदैन, तपाईहरु आफै केही न केही गर्ने अभिप्रायले अग्रसर हुनुस राज्यको आशा नगर्नुस” उनले राज्यले युवाहरुलाई रोजगारका अवसरहरु सिर्जना गर्न नसक्दा राष्ट्र निर्माणका पहरेदार मानिने युवाहरु खाडी मुलुकमा श्रम बेच्न बाध्य भएको जिकिर गरे ।

    ।” बजेटमा युवाकालागि ल्यापटप खरिदकालागि ऋण, निशुल्क सिमकार्ड, सर्टिफिकेट धितोका आधारमा २५ लाखसम्म ऋण, उद्यमी बन्न चाहानेलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजदरमा ऋण दिने उल्लेख छ । उनले भने “बजेट सबैलाई खुशी बनाउने अभिप्रायले आएको छ तर श्रोत सुनिश्चित्ता गर्नेगरि कार्यान्वयन गर्ने मनसायले बजेट आएको छैन ।”

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को निबर्तमान उपाध्यक्ष एबं संचारकर्मी निरु अर्यालले बजेटमा ल्याइएका बिषयको कार्यान्वयनकालागि युवाहरुले घचघचाउने बेला भएको बताइन् । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय अर्यालले भनिन् “मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताका लागि युवा लक्षित कार्यक्रम सञ्‍चालन गरिने छ भनिन्छ, रिर्पोटिङकै क्रममा हेर्दापनि यस्ता बिषय सधैजसो बजेटमा आउँछन् तर कहिले कार्यान्वयन हुँदैनन् ।”

    उनले युवाहरुलाई राजनीतिक दलहरुले आफ्नो कार्यकर्ता बनाएर आफ्नो चाहाना पुरा गर्न खोज्ने अनि राज्यले पनि युवाहरुलाई सिर्जनशिल बनाउन तिर ध्यान नदिदा युवाहरु रोजगारीकालागि बिदेशिन बाध्य भएको बताइन् ।

    उनले भनिन् “दिनुह बिदेसिरहेका दक्ष, अर्धदक्ष एवं अदक्ष नेपाली जनशक्तिलाई मुलुकमै उद्यमशीलताको अवसर र रोजगारी सिर्जना गर्न सक्यो राष्ट्र निर्माणमा युवालाई सहभागी बनाउन सकेमा देशकोे सामाजिक आर्थिक रुपान्तरणमा संभव छ ।
    बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी सुनिश्‍चित गरिने जस्ता कार्यक्रमलाई समावेश गरिएको छ । श्रम बजारमा प्रवेश गर्ने, स्वदेशमै उद्यमी बन्न चाहाने युवाकालागि बिभिन्न सिपको ब्यवस्था मिलाईएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बताएका थिए ।

    बजेटले राष्ट्रिय युवा परिषद मार्फत युवा शक्तिलाई संगठित गरी विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, राहत, उद्धार तथा जनचेतना अभिवृद्धि लगायतका सामाजिक कार्यमा परिचालित गरिने भनिएपनि नेपालमा युवालाई कायकर्ता बनाउने बाहेक अरु काममा उपयोग गरिएको छैन ।

    बजेट भाषण गर्ने बेलामा मन्त्री पौडेलले खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्‍चालन गर्न सहुलियत दरको कर्जा उपलव्ध गराएको र खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट छुटयाईएको बताएका थिए । कोरोनाका कारण अर्थतन्त्र ऋणात्मक भएको बेला अर्थमन्त्रीले आगामी बर्ष ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस