• जेठ २७ मा बाग्मती प्रदेशको नीति तथा कार्यक्रम

  • हेटाैडा। बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा आज बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिक गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

    प्रदेशसभाको जेठ १६ र १७ गतेको बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय