बुटबल। विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । सरकारले आज प्रदेश सभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवले सार्वजनिक गरेपछि विपक्षीले सो विरोध गरेका हुन्।
बैठकमा विपक्षी दलका प्रमुख सचेतक मात्र सहभागी भएका थिए भने अन्य विपक्षी गठबन्धनका सबै सांसद अनुपस्थित भएका थिए ।
गठबन्धन दलहरुको जेठ १९ गते प्रदेश प्रमुख यादवले संविधान विपरित एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एक दलको बहुमत भएको जस्तै गरी मुख्यमन्त्री चयन गरेकोमा विपक्षीले विरोध गरेका छन् ।
गठबन्धनका सांसदको विरोधका बीच प्रदेश प्रमुखले नीति तथा कार्यक्रम बाचन गरेका थिए । विश्वासको मत नलिएको सरकारको वैधानिकतामा समेत विपक्षीले प्रश्न उठाएका छन्।
मुख्यमन्त्री नियुक्त गर्दा संविधानको धारा १६८ (१) को प्रयोग गरिएकोमा सर्वोच्च अदालतले २०७८ जेठ ३ मा गरेको आदेशपछि सरकार धारा १६८ (२) अनुसारको भएपछि सरकारले धारा १६८ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि हालसम्म नलिएको भन्दै विपक्षीले सरकारको वैधानिकतामाथि प्रश्न उठाएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।