• पाकिस्तानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु

  • काठमाडौं। दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा यात्रुवाहक रेल ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

    एउटा रेल लिकबाट बाहिरिएपछि अर्को रेल त्यसमा ठोक्किन आएपुगेको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्यामा वृद्धि हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

    दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसका कारण फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बताइएको छ। के कारणले रेल लिकबाट बाहिरिएको हो भन्ने प्रष्ट भएको छैन।

    सोमवार बिहानै कराचीबाट आइरहेको मिल्लत एक्सप्रेसको रेल लिकबाट बाहिरिएको थियो। त्यसलगत्तै रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेस रेल त्यसमा ठोक्किएर पल्टिएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय