नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न माधवकुमार नेपाल र झलनाथ खनालपक्षका स्थायी कमिटी सदस्यहरू छलफल जुटेका छन् । उनीहरूले भर्चुअल रूपमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका छन् । त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन् जुन विषयमा नेता नेपालले अभिव्यक्ति दिइ सकेका छन् । उनले हस्ताक्षर फिर्ता गर्न नसकिने बताएका छन् ।
ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि नेतृ रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने भन्दै सचेत हुन आवश्यक रहेको बताइन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।