• राजेश हमाल लेख्छन्, ‘लोकतन्त्रमा जनता बोल्ने, नेताले सुन्ने हो’

  • पछिल्लो समय अभिनेता राजेश हमाल देशको राजनैतिक विषयमा टिप्पणी गरिरहेका हुन्छन् । राजेशले राजनीतिलाई विशेष चासो दिइरहेका छन् । उनको सामाजिक संजालमा राजनैतिक कुराहरुले स्थान पाइरहेका हुन्छन् ।

    यस्तैमा, राजेशले आइतबार एक स्टाटस लेखेका छन् । जसमा उनले लोकतन्त्रमाथि नै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘लोकतन्त्रमा त जनता बोल्ने, नेताले सुन्ने हो । कतै बिपरित त भइरहेको छैन ?’

    राजेशले आफ्नो दायित्व निर्वाह गर्न जरुरी रहेको समेत उल्लेख गरेका छन् । उनले स्टाटसमार्फत् जनतालाई बोल्न उक्साएका छन् ।

    राजेशको स्टाटसमा धेरैले समहती जनाएका छन् । धेरैले राजेशको विचारको तारिफ गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय