• नेप्सेमा २९ सय माथिको सूचक यात्रा, १७ अर्ब २७ करोडको कारोबार

  • सेयर बजार परिसूचक नेप्से परिसूचक एकै दिनमा ५०.१३ अंकले बढेकफ छ । यो वृद्धिसँगै नेप्से सूचक २ हजार ९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको छ । यो अंक अहिलेसम्कै उच्च हो ।

    यसअघि सबैभन्दा बढी गत बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६ं दशमलव ६७ विन्दुमा रोकिएको थियो । आइतबार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ताको किनबेचमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यसदिन भएको कारोबार पनि अहिलेसम्मकै बढी हो । यसअघि २०७८ जेठ १६ गते १७ अर्ब २ करोड ८४ लाखको करोबार भएको थियो ।

    सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर १ अर्ब २१ करोड रूपैयाँको कारोबार भयो । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड रूपैयाँको कारोबार भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस