• कर्णाली सरकारमा कांग्रेस प्रवेश, २ मन्त्रीले लिए शपथ

  • अन्तत: कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ । नेपाली कांग्रेस २ वटा मन्त्रालय लिएर सहभागि भएको हो ।

    आइतबार कांग्रेसका २ सांसदले कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिएका छन् ।

    कर्णाली प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसीले शपथ लिएका हुन् ।

    प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मन्त्रीद्वयलाई शपथ गराएका हुन् ।

    नेकपा विभाजनसँगै शाही अल्पमतमा परेपछि कांग्रेसले सहयोग गरेकोथियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय