एजेन्सी । कोरोना महामारीका कारण मुम्बईको जनजीवन अझै सामान्य हुन सकेको छैन । जसका कारण दुई महिना भन्दा लामो समयदेखि बलिउड फिल्मको छायाँकन रोकिएको छ ।
यस्तै मुम्बईमा छायाँकन चलिरहेको बेला लकडाउनका कारण रोकिएको बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ को छायाँकन पनि सोही समयदेखि रोकिएको छ । यो फिल्मको लागि ठुलो रकम खर्च गरेर मुम्बईमा छायाँकन सेट लगाईएको थियो । त्यो सेटलाई यतीबेला भत्काईएको छ ।
सो सेटमा छायाँकन सुरु गर्दा गर्दा लकडाउनका कारण टाईगर ३ को छायाँकन रोकिएको थियो । सोही क्रममा दुई साता अघि भारतमा ताउले भन्ने आँधी आयो । सो आँधीले टाईगर ३ को सेटमा निकै ठुलो क्षती पुगेको थियो ।
फिल्मको छायाँकन सुरु हुन अझै केही समय लाग्ने र सेटलाई त्यत्तिकै राख्दा अझ ठुलो नोक्सानी हुने ठहर गर्दै सलमान खानको गृह व्यानरले यो फिल्मको छायाँकन सेट यतीबेला भत्काएको छ । तथापी आफुहरुले सेट भत्काउँदा अहिले पनि ठुलो घाटा व्यहोर्नु परेको निर्माण पक्षको कथन छ ।
महाराष्ट सरकारले यो जूनको अन्त्यबाट छायांकन अनुमति दिने आशमा सिनेकर्मीहरु छन् । तर त्यतिबेला पनि अनुमति दिने छ भन्ने पक्का छैन । सोही कारण सेटलाई राखि रहँदा अझै ठुलो खर्च व्यहोर्नु पर्ने भएकाले टाइगर ३ को सेट हाललाई भत्काईएको सलमानका दाई अरबाज खानले बताएका छन् ।
कलाकार र प्राविधिकलाई कोरोना बिरुद्दको खोप लगाएपछि मात्र छायाँकन सुरु गरिनु पर्ने सलमान खानको चाहना छ । त्यसैले यो फिल्ममा कलाकार र प्राविधिक गरेर तीन सय जनाको टिमलाई कोरोना बिरुद्धको खोप लगाएर बल्ल फिल्मको छायाँकन थाल्ने पक्षमा आफुहरुले पहल गरिररहेको पनि अरबाजले बताएका छन् । फिल्म टाईगर ३ मा सलमान खान, कटरीना कैफ र इमरान हाशमीको मुख्य भूमिका रहनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।