• अब प्रयोगशालामै आमाको दूध बनाइने

  • एजेन्सी । भनिन्छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । तर, विभिन्न कारणले सबै बच्चाको पहुँच आफूलाई जन्म दिने आमाको दूधमा नपुग्न पनि सक्छ । बच्चाका लागि पोषणको पर्याप्त स्रोत मानिएको आमाका दूध नै नभएपछि के गर्ने ?

    अब धन्दा मान्नुपर्दैन, इजरायली वैज्ञानिकहरूले प्रयोगशालामै बच्चालाई खुवाउने आमाको दूध तयार पारेका छन् । इजरायलको बायोमिल्क भन्ने एक स्टार्टअप कम्पनीले सो दूध तयार पारेको हो । सो कम्पनीले प्रयोगशालामै महिलाको स्तनको कोषिकाहरूबाट आमाको दूध उत्पादन गर्न सफल भएको बताइएको छ । प्रयोगशालामा उत्पादित उक्त दूधमा आमाको दूधमै जतिको पौष्टिक तŒव पाइने दाबी गरिएको छ । प्रयोगशालामा उत्पादित र आमाको स्तनपानबाट प्राप्त हुने दूधबीच एन्टिबडीको फरक भने पाइएको छ ।

    बायोमिल्क कम्पनीका सहसंस्थापक तथा प्रमुख वैज्ञानिक अधिकृतमा डाक्टर लिला स्ट्रिकल्यान्ड रहेकी छन् । उनी वरिष्ठ कोषिका जीव वैज्ञानिक पनि हुन् ।

    फोब्र्स पत्रिकासँगको कुराकानीमा उनले आफूहरूले उत्पादन गरेको दूध आमाको दूधसँग सबैभन्दा धेरै मिल्दोजुल्दो रहेको दाबी गरेकी छन् । आफ्नो कम्पनीले उत्पादन गरेको दूधको पौष्टिक तथा बायोएक्टिभ संरचना अन्य उत्पादनको भन्दा उत्कृष्ट रहेको उनको दाबी छ ।

    उनले आफ्नै समस्याका कारण सो दूध उत्पादन गर्न सफल भएको पनि बताएकी छन् । त्यसो त उनले गर्भको समय नै नपुगिकन छोरा जन्माएकी थिइन् । जसका कारण उनको स्तनमा दूध उत्पादन हुन सकेन । उनले बच्चालाई दूध खुवाउनै सकिनन् । यसले उनमा तनाव छायो ।
    आफूले भोग्नुपरेको समस्या अरूले पनि भोग्नुपरिरहेको निष्कर्षमा उनी पुगिन् । त्यसपछि उनी सन् २०१३ मा एक प्रयोगशालामा स्तनकोषिकाहरू तयार पार्न लागिन् ।

    सन् २०१९ मा उनले खाद्य वैज्ञानिक मिसेल एगरसँग मिलेर एक कम्पनीको सुरुवात गरिन् । जसले उनलाई सफलता मिल्यो । उनको भनाइ छ कि, हाम्रो कम्पनीको उद्देश्य स्तनपानलाई समाप्त गर्नु होइन, हाम्रो उत्पादनको सहयोगले महिलाहरूलाई स्तनपानको विकल्प उपलब्ध गराउनु हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय