• दिदीको शवलाई कोठामा राखेर बहिनीसँग बेहुुलाको विवाह

  • एजेन्सी । बेहुली लिन बेहुलासहितको जन्ती बेहुलीको घरमा । स्वयम्बरको तयारी । तर, बेहुलीको केहीबेरमै निधन ।
    यो दुःखद घटना हो भारतको उत्तरप्रदेशको । उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा आयोजित विवाह समारोहका क्रममा बेहुलीको निधन भएपछि एकछिनअघिको खुसीको माहोल सोकमा बदलियो । रुवावासी सुरु भयो ।

    गत बिहीबार राति जन्तीसहित मंगेश कुमार बेहुली सुरभीको घर पुगेको हेकी समयपछि अनुष्ठान सुरु भएको थियो । स्वयंवरका लागि तयारी भइरहेको बेला बेहुली सुरभीले असजिलो महसुस गरिन् । आफूलाई सम्हाल्न खोज्दा खोज्दै उनी बेहोस भइन् । उनलाई तत्कालै उपचारका लागि स्थानीय अस्पताल पु¥याइयो । तर, बाटैमा उनको मृत्यु भइसकेको थियो । बेहुलीको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन् ।

    बेहुलीको निधन भएपछि अर्काे समस्या सुरु भयो । बेहुला रित्तो हात फर्कने कि बेहुलीसहित । हुनेवाला श्रीमतीको निधन भएपछि बेहुला निकै विक्षिप्त बनेका थिए । बेहुलीका परिवारले पनि आफूलाई सम्हाल्न सकेका थिएनन् ।

    तर, दुवै पक्षबीच सहमति जुट्यो, बेहुुलाको विवाह दिवंगत बेहुलीकी बहिनी अर्थात् हुनेवाली सालीसँग विवाह गराइदिने । बेहुला आफैंले सुरुमा यो प्रस्ताव गरेका थिए । त्यसपछि उनले दिवंगत बेहुलीकी बहिनी अर्थात् हुनेवाली सालीलाई श्रीमती बनाएर घर लगे । ती नयाँ बेहुलीको नाम निशा हो ।

    बेहुलीका दाजु सौरभ एउटी बहिनीको शव कोठाभित्र राखेर अर्की बहिनीलाई विवाह गराउनुुपर्दाको क्षण निकै नै भावुक र दर्दनाक घटना भएको बताउँछन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय