• एमाले नेता रघुजी पन्त अस्पताल भर्ना

  • काठमाडौं। स्वास्थ्यमा समस्या आएपछि नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । उनी काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।

    उनले गत मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । सोहीसम्बन्धी समस्याको आशंकामा उनी अस्पताल भर्ना भएका हुन् । पन्तको उपचार भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय