• त्रिविको परीक्षा पायक पर्ने स्थानबाट भौतिक उपस्थितिमा नै हुने

  • त्रिभुवन विश्वविद्यालयले कोरोना र निशेधाज्ञाको कारण स्थगित परीक्षा पायक पर्ने केन्द्रबाट दिने व्यवस्था मिलाउने जनाएको छ । स्नातक तह दोस्रो वर्षको स्थगित परीक्षा र हुनु पर्ने  प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा छन् त्यहीँका तोकेका पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाउन लागिएको विश्वविद्यालयले जानकारी गराएको छ ।

     विश्वविद्यालयको अध्यापनलाई अघि बढाउन अनलाइन कक्षा सञ्चालन गरिराखिएको जानकारी गराएको छ ।

    १९ महिनादेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा नभएपछि अहिले त्रिविमा स्नातक तह प्रथम वर्षमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन् ।

    काठमाडौं विश्वविद्यालयले अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको छ । केयुका प्रवक्ता एक्कु माया पुनले केयु अन्तर्गतका सात वटै स्कुलले अनलाइनबाट परीक्षा सञ्चालन गर्ने जानकारी गराएकी छन् ।

    उनका अनुसार अहिले अनलाइनबाट दोस्रो सेमेस्टरको पढाई भैरहेको छ। उनले इन्जिनियरिङ साइन्सको भने उपयुक्त समयमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने जानकारी गराइएको छ । साउनबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने केयुको तयारी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय