नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन मिच्ने दम्भ देखाएको बताएका छन् ।
सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी पनि उनले गरेका छन् । सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओलीको शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए।
कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभा पनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनको टिप्पणी छ।
प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफुहरुको विश्वास रहेको पनि नेता महतले बताए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखाएको नेता महतले बताए। मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको पनि उनले आरोप लगाए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।