• ओली नेतृत्वको कामचलाउ सरकार पुनर्गठन, तीन उपप्रधानसहित १२ मन्त्री थपिए

  • काठमाडौं । केपी ओलीले कामचलाउ सरकार पुनर्गठन पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई समेटेर ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

    एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन जना राज्यमन्त्रीलाई हटाएर उनले १२ जनालाई थप गरेका छन् ।

    नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । यस्तै एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री बनाएको छ ।

    उपप्रधानमन्त्री बनाइएका महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    नयाँ मन्त्रिमण्डलबाट महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

    मन्त्रिपरिषदबाट ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

    यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि मन्त्रीबाट विदा भएका छन् ।

    स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय