एजेन्सी। गत सिजन राम्रो प्रदर्शन गर्न नसकेको स्पेनिस क्लब बार्सिलोना यो सिजन ट्रान्सफर मार्केटमा आक्रामक रुपमा खेलाडी अनुबन्ध गर्न लागेको छ । सन् २०२१/२२ को नयाँ सिजन अघि बार्सिलोनाले तीन दिनमा तेस्रो खेलाडी अनुबन्धन गरेको छ ।
क्लबले बुधबार ब्राजिलियन डिफेन्डर एमरसन रोयललाई रियल बेटिसबाट किनेको हो । यसअघि बार्सिलोनाले सर्जियो अग्वेरो र डिफेण्डर एरिक गार्सियाललाई म्यानचेष्टर सिटीबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।
रोयलले दुई सिजन लोनमा रियल बेटिसमा बिताएका थिए । उनलाई बार्सिलोनाले आफ्नो अधिकार प्रयोग गर्दै ९ मिलियन युरोमा अनुबन्ध गरेको हो । खेलाडी अनुबन्धबारे बार्सिलोनाले बेटिसलाई जानकारी गराइसकेको छ । उनी जुलाई १ देखि बार्सिलोनाको टिममा हुनेछन् ।
बार्सिलोना आउनुअघि एमरसनले ब्राजिलियन क्लब पोन्टे प्रेटा र एट्लेटिको मिनेयरोबाट खेलेका थिए । २२ वर्षीय राइट ब्याक एमरसनले बेटिसका लागि सबैखाले प्रतियोगितामा ७९ खेल खेले । उनले २०२०÷२१ को सिजनमा ३८ खेल खेलेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।