• ठाकुरसँग आयोगले उपेन्द्र यादवमाथि कारबाही गर्ने पदाधिकारीको हस्ताक्षर

  • काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग अर्का अध्यक्ष उपेन्द्र यादवमाथि कारबाहीको गर्ने केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

    अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए ।

    उनले कारबाहीको निर्णय आयोगमा पठाए पनि त्यो निर्णय गर्ने पदाधिकारीको हस्ताक्षर बुझाएका थिएनन् । सोही कारण आयोगले हस्ताक्षर मागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । उनले भने हस्ताक्षर समेत आयोगमा बुझाएका छन् ।

    दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता किताबमा रहेको विवरण सच्याउन आग्रह गरेका छन् । आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय