

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ६ हजार ८५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ६८ जनाको मृत्यु भएको छ । एकैदिन सबैभन्दा धेरै जेठ ५ गते २४६ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६ हजार ८५ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म ५ लाख ६६ हजार ५८७ जना संक्रमित भइसकेका छन् । जसमध्ये १ लाख चार हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ५४ हजार ३४४ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनाका कारण ७ हजार ४५४ जनाको मृत्यु भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
