• कोपा अमेरिका कप ब्राजिलमा हुने, अर्जेन्टिनाबाट खोसियो आयोजनाको जिम्मेवारी

  • काठमाडौं। कोपा अमेरिका कप पुनः ब्राजिलमा नै हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको कोपा अमेरिका कप प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी हुँदा ब्राजिलमा सारिएको हो ।

    दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले अर्जेन्टिनामा कोरोना संक्रमणको बढ्दो दरका कारण आयोजकको जिम्मेवारी खोसिएको बताएको छ ।

    आगामी जुन १३ देखि सुरु हुने प्रतियोगिता ब्राजिलमा हुने घोषणा गरिएपनि कुनै पनि रंगशालाको टुंगो लागेको छैन ।

    अर्जेन्टिनाले कोलम्बियासँग मिलेर प्रतियोगिता आयोजना गर्ने तयारी थियो । तर कोलम्बियामा प्रदर्शन चर्किँदै गएपछि मे २० मा उसलाई आयोजकको जिम्मेवारीबाट हटाइएको थियो ।

    अहिले अर्जेन्टिनाबाट पनि सो जिम्मेवारी खोसिएको हो । ब्राजिल दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय