• ‘चुनावपछि पनि हाम्रै सरकार बन्छ’ : अर्थमन्त्री पौडेल

  • काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आँउदो निर्वाचनपछि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

    सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको छलफलमा पौडेलले निर्वाचनबाट एमाले ठूलो दल बनेर सरकार बनाउने दाबी गरेका हुन् ।

    ‘कोभिड रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट केन्द्रित छ । आमनागरिकलाई खोप उपलब्ध गराउन केन्द्रित छ,’ उनले भने । नेपाल आफैले खोप उत्पादन गर्न सक्षम नभएकाले तत्काल उपलब्ध गराउन चुनौती रहे पनि खोप उत्पादक मुलुकहरूबाट खरिद गरी यथाशीघ्र खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको उनले बताए ।

    त्यसैगरी, पौडेलले राजनीतिक आधारमा बजेटमाथि गरिएको टिप्पणी विषयगत रूपमाभन्दा पनि बजेट आउनु हुँदैन भन्ने मात्र आएको बताए । उनले बजेट शीर्षकगत रूपमा टिप्पणी गर्न राजनीतिक दलहरूलाई चुनौती दिए । स्वास्थ्य क्षेत्रप्रति जिम्मेवार भएर बजेट ल्याइएको उनको दाबी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस