• आज खोप लिन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदै

    nepal airlines
  • काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ ।

    जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सि ले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपको लागि पनि सहजीकरण गर्ने बताएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय