• १७ खर्ब माथिको पूर्ण बजेट आउने

  • सरकारलाई पूर्ण बजेट नल्याउन चौतर्फि दबाब आए पनि सरकारले भने पूर्ण बजेट नै ल्याउने भएको छ । बजेट कार्यक्रमहरूमा प्रधानमनम्त्रीलेसमेत दबाब दिइरहेको अर्थका अधिकारीहरूले बताएका छन् ।
    बजेट निपर्माणमा संलग अधिकारीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् ।
    संसदव विघटनको विषय सर्बोच्चमा विचाराधिन रहेको, सरकारले विश्वासको मत लिन नसकेको र अन्यदलले बहमत देखाएर यो सरकार ढलेर अर्को सरकार बन्न सक्ने परिस्थसति देखिएको अवस्थामा कतिपय अधिकारिले सरकारले बजेट नै ल्याउन नस्कने तर्क गरेका छन् । बजेट ल्याउदा पनि काम चलाउ मात्रै ल्याउन पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्वअर्थमन्त्री, पूर्वप्रभुख निर्वाचन आयुक्त र पूर्वअर्थसचिवहरूको पनि सुझाब रहेको छ ।
    सरकार भने पूर्ण र निसवार्चको मिति घोषणा गरिएकव हिसावले लोकप्रिय बजेट ल्याउने तयारीमा रहेको छ । सरकारले निर्वाचनलाई प्रभावित पार्न, वृद्धाभत्ता बढाउने, कर्मचारीको तलब बढाउने निर्णय गरिसकेको छ ।
    स्रोत अभावका बीच ऋणको सिमा बढाएर पनि करिब १७ खर्बको बजेट ल्याउने तयारीमा सरकार रहेको छ । चालू वर्षमा सरकारले १४ खर्ब ७४ अर्बको बजेट लिए पनि अहिलेसम्म ८ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै बजेट खर्च गरेको छ । खर्च क्षेमता नभए पनि निर्वाचनलाई प्रभावित पार्नको लागि अर्थले यति ठूलो बजेट ल्याउने तयारी गरेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस