• पूर्वअर्थमन्त्रीहरुको सुझाब, कामचलाउ बजेट ल्याउ

  • काठमाडौं । पूर्वअर्थमन्त्रीहरुको समूह पूर्वअर्थमन्त्री मञ्चले बिज्ञप्ति जारी गरि संसद पुनस्र्थापनको मुद्दा अदालतका विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने जनाएको हो । पूर्वअर्थमन्त्रीहरुले अध्यादेशबाट आउने बजेट कामचलाउ हुनुपर्ने बताएका छन् ।

    अहिले बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद पुनस्र्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने सुझाव पूर्वअर्थमन्त्री मञ्चले दिएको हो । मञ्चको बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे तथा वर्षमान पुन सहभागीतामा बैठक बसेर विज्ञप्ति जारी गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस