• फिल्ममा पुँजीबादीको कथामात्र उतार्ने करण जौहर

  • एजेन्सी । बलिउड निर्माता निर्देशक करण जौहरलाई धनाढ्यका कुरामार्फ फिल्ममा ल्याउने सिनेकर्मीको रुपमा अँकित गरिएको छ । भारतमा महँगा फिल्म बनाउने सिनेकर्मीका रुपमा उनी परिचित छन् । त्यसैले गरिब महिलाका समस्यालाई फिल्ममा पटक्कै स्थान नदिने, तल्लो बर्गका पीडालाई उठान नगर्ने सिनेकर्मीको आरोप उनले लामो समयदेखि खेप्नु परेको छ ।
    धर्मा प्रोडक्सनबाट लामो समयदेखि फिल्म बनाउँदै आएका करण जौहरले जहिलेदेखि फिल्म निर्माण निर्देशन गर्न थाले । त्यसपछिबाट उनले आफ्नो व्यानरमा गरिबमा निर्मित सिनेमामा गरिबका कथालाई उठाएका छैनन् ।
    करण जौहरले बनाएका दर्जनौ फिल्म कुछ कुछ होता है, कवि खुसी कवि गम, ए जवानी है दिवानी देखि हालै निर्माण भएको दोस्ताना २सम्मलाई नियाल्दा सबैमा सम्पन्न बर्गको मात्र कथा समेटिएको छ ।
    यही कारण कतीपयले करण जौहरसँग भारतका गरिब जनताको बारेमा कत्ति पनि ज्ञान नभएको आरोप लगाएका छन् । बौद्धिक ज्ञान नभएको पुँजीबादी निर्माता निर्देशकको आरोप खेप्दै आएका करणले गरिबहरु पनि पिजा र बर्गर नै खान्छ भन्ने सोच्ने गरेको ठट्टा बलिउडमा गरिन्छ । तर आफुलाई गरिबहरुको जीवनीबारे जानकारी भएको यी निर्देशकको कथन छ ।
    करणको भनाईमा उनी गरिब बस्तीमा पुगेका छन् । उनीहरुको पीडालाई पनि आफुले नजिकबाट नियालेको उनले बताएका छन् । तर गरिबका कथालाई फिल्ममा ल्याउन आफुलाई कहिल्यै मन नलागेको उनले बताएका छन् । अझ गरिब महिलाका पीडामा फिल्म बनाउन उनलाई कैयौं कथाहरु आउने गरेका छन् । तर ती सबै कथालाई उनले महत्व दिने गरेका छैनन् ।
    करणलाई मध्यम बर्गका भारतीयहरुको जीवन कथामा फिल्म बनाउन धेरैले सुझाब दिए । तर आफुले त्यो सुझाबलाई ग्रहण नगरेको उनले स्विकारेका छन् । करण जौहरका फिल्म भन्नासाथ धनी मानिसहरुको सुसम्पन्न जीवनशैली र उनहरुका सन्तानका कथाहरु हुन्छन भन्ने मान्यता स्थापित भईसकेको छ । त्यसैले आफुले यो मान्यतालाई टुटाउन नचाहेको उनले बताएका छन्,‘महँगा कपडा लगाउने, सोखिन जीवन शैलीमा रमाउने निर्माता निर्देशकको रुपमा मलाई लिने गर्दा रहेछन् । त्यसैले मैले मध्यमवर्गको सिनेमा राम्रो बनाउँछु भन्ने विश्वास दर्शकलाई छैन, म जुन समाजमा छु त्यही समाजको कथालाई फिल्ममा उतार्नु पर्छ भन्ने मान्यताले मैले धनाढ्यहरुको कथामा मात्र सिनेमा बनाउने गरेको हुँ ।’ निर्देशक करणले भने,‘गरिब तथा मध्यम बर्गका भारतीयहरुको कथामा बनेको कैयौं सामाजिक फिल्म मैले हेरेको छु । जब मैले हम आपके है कौन जस्तो सम्पन्न र उच्च बर्गको पारिवारिक कथामा निर्माता सिनेमा हेरेँ ।’ त्यहीबेलादेखि सम्पन्न बर्गको कथामा मात्र सिनेमा बनाउने निर्णय गरेको यी निर्माता निर्देशकले बताएका छन् ।
    गरिब र मध्य बर्गका सँघर्षका बिषयमा सामाजिक फिल्म बनाउने निर्माता निर्देशक बलिउडमा धेरै जना भएको उनको भनाई छ । आफुले बलिउडमा उच्च बर्गका मानिसहरुको सम्पन्न जीवनमा फिल्म बनाउने सिनेकर्मीको उपमा पाईसकेकाले त्यो शैलीलाई अब नछाड्ने करणले बताएका छन् ।
    करण जौहरणलाई कथा भन्दा पनि डेकोरेसनमा धान दिएर सजिसजाउ सिनेमा बनाउने निर्माता निर्देशकको आरोप छ । आफुमाथि लागेको आरोपलाई यी निर्देशकले स्विकारेका छन् । फिल्ममा दर्शकले सुन्दर कुरा हेर्न चाहने भएकाले आफुले दृष्य सुन्दरता र सजावटमा बढी नै महत्व दिने गरेको यी निर्माताको कथन छ ।
    स्टार कलाकारसँग मात्र काम गर्ने र स्टार कलाकारका छोरा छोरीलाई मात्र आफ्नो फिल्ममा महत्व दिने गरेको आरोप पनि खेप्नु परेको छ । पछिल्लो समय सिनेकर्मीका छोराछोरी बरुण धवन, आलिया भट्ट, श्रद्धा कपुर, साराअली खान, अनन्या पाण्डे, जान्हवी कपूरसहित धेरैलाई उनले नायक नायिकाको रुपमा बलिउडमा डेब्यु गराए । तीनै कलाकारहरु करणको एकपछि अर्को फिल्ममा प्रस्तुत हुने गरेका छन् ।
    बलिउडमा नाताबादलाई हावी गराउनुमा करण जौहरको मुख्य हात रहने गरेको उनीमाथि आरोप छ । अभिनेत्री कँगना रनौतले बलिउडमा नाताबादलाई सबैभन्दा बढी स्थापित गर्ने र सिनेकर्मीका सन्तानलाई मात्र फिल्ममा भूमिका दिने निर्माता निर्देशकको रुपमा करण जौहरको धेरै पटक टिप्पणी गरेकी छिन् । अभिनेता सुसान्त सिंह राजपूतले आत्महत्या गर्नुमा करण जौहर जस्ता निर्माता निर्देशकले उनीमाथि सम्मान जनक व्यबहार नगर्नु पनि हो भन्ने आरोप यस अघि नै कँगनाले लगाईसकेकी छिन् ।
    सिनेकर्मीका छोराछोरीहरु अभिनयका लागि पहिला देखि नै तयारीमा जुट्ने गरेको आफुलाई पनि फिल्ममा यस्ता कलाकारलाई लिँदा लगानी सुरक्षित हुने गरेको करणको कथन छ । तर अबका दिनमा आफ्नो फिल्ममा कस्ट मिलेको खण्डमा प्रतिभावन कलाकारलाई लिने यी निर्माता निर्देशकले बताएका छन् । उनी यो आरोपबाट अब भने मुक्त हुन चाहन्छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय