• काठमाडौंमा वाणिज्य बैंकले ३ शाखा मात्रै सञ्चालन गर्नु पर्ने

  • वाणिज्य बैंकले निषेधाज्ञाका समयमा काठमाडौंमा दैनिक ३ वटा मात्र शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । सोमबार राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै वाणिज्य बैंकलाई काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा कार्यलयसहित ६ वटा, विकास बैंकका ४ वटा र वित्त संस्थाहरू ३ वटा खुलाउन निर्देशन दिएको हो ।

    राष्ट्र बैंकका ५ निर्देशन

    १. ‘क’ वर्गका वाणिज्य बैंकले काठमाडौं जिल्लामा ३ वटा, ललितपुर जिल्लामा २ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा आलोपालो गरी सञ्चालन गर्ने ।

    २. ‘ख’ वर्गका विकास बैंकले काठमाडौँ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा आलोपालो गरी सञ्चालन गर्ने ।

    ३. ‘ग’ वर्गका वित्त कम्पनीले काठमाडौं जिल्लामा १ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा आलोपालो गरी सञ्चालन गर्ने ।

    ४. मिति २०७८ / ०१/१९ मा जारी सोही निर्देशनबमोजिम संस्थाका केन्द्रीय कार्यालयहरु सञ्चालन गर्ने र अत्यावश्यक बैंकिंग सेवाको लागि बन्द रहेका शाखाका सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्ने ।

    ५. यस बैंकबाट कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा यसअघि जारी गरिएका निर्देशनहरु परिपालना गर्ने गराउने व्यवस्था मिलाउने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस