• लियो क्लबद्वारा दृष्टिविहीनहरूका लागि खीर वितरण कार्यक्रम

  • बुटवल, १६ साउन ।

    लियो क्लब अफ बुटवल मेट्रोसिटीले क्लबका दोस्रो उपाध्यक्ष लियो अफरोज अली खानको जन्मदिनको अवसरमा एक विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत रुपन्देही नेत्रहीन संघमा खीर वितरण गरिँदै सामाजिक सद्भाव र सेवा भावनालाई उजागर गरिएको हो।

    क्लबले विगतका वर्षहरूझैं यस वर्ष पनि नेत्रहीन संघमा खीर वितरण गर्दै वार्षिक परम्परालाई निरन्तरता दिएको छ। यसपटक सो कार्यक्रम क्लबका दोस्रो उपाध्यक्षको जन्मोत्सवसँग समन्वय गर्दै आयोजना गरिएको हो, जसले उत्सवलाई सेवामा रूपान्तरण गर्ने अनुकरणीय दृष्टान्त प्रस्तुत गरेको छ।

    कार्यक्रमको स्वागत मन्तव्य अफरोज अली खानले दिनुभएको थियो। कार्यक्रम सञ्चालन लायन वर्ष २०२५/०२६ का सचिव लियो रबिन रिजालले गर्नुभएको थियो भने कार्यवाहक अध्यक्षको भूमिकामा क्लबका पहिलो उपाध्यक्ष लियो दिवस खनाललेनेतृत्व गर्नुभएको थियो। कार्यक्रमको समापन क्लबका तेस्रो उपाध्यक्ष लियो सुबास भण्डारीले गर्नुभयो।

    उक्त अवसरमा क्लबका पूर्व अध्यक्ष लियो लायन संजीव सुनार, निवर्तमान अध्यक्ष तथा एरिया चिफ लियो पुनम कुँवर, रुपन्देही नेत्रहीन संघका कार्यवाहक अध्यक्ष विष्णु प्रसाद ढकालसहित अन्य लियो सदस्यहरू तथा संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमप्रति आभार व्यक्त गर्दै नेत्रहीन संघका प्रतिनिधिहरूले क्लबको सेवा भावना र निरन्तर योगदानप्रति प्रशंसा व्यक्त गरे। साथै, यस्ता कार्यक्रमहरूले दृष्टिविहीन व्यक्तिहरूमा आत्मबल अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो।

    लियो क्लब अफ बुटवल मेट्रोसिटीले सेवा भावनाका साथ जन्मोत्सवलाई सामाजिक कार्यसँग जोड्दै आएको परम्परालाई आगामी वर्षहरूमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस