• सल्यानमा बस दुर्घटना, १३ जना घाइते

  • काठमाडौं । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।

    रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस