• वान एक्स बेटिङमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ, ५७ करोडको कारोबार

  • काठमाडौं । वान एक्सबेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

    पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन् । उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत सट्टेबाजी गराउने गरेका थिए । उनीहरूलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएसका खाता खोलेका थिए। जसमा ९८ वटा बैंक खाताहरू जोडिएका थिए ।

    ती खाताबाट ५७ करोड ४१ लाखअ ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस