• नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार घट्याे

  • काठमाण्डाै – नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर तीन अर्ब छ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस