• सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाको दाबी पेस

  • काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् ।

    नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुनुहुन्छ भने लक्ष्मणकिशोर संरक्षक रेशम चौधरी पक्षका हुनुहुन्छ ।

    लक्ष्मणकिशोर चौधरीले  प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा (एकीकृत समाजवादी) का चार जनाको समर्थन रहेको दाबी पेस गर्नुभएको छ । कैलाश चौधरीले पनि आफ्नै दलका छ जना र एकीकृत समाजवादीसमेतको समर्थन आफूलाई रहेको दाबी गर्नुभएको छ ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका छ र एकीकृत समाजवादीका चार जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र तारा जोशी स्वतन्त्र सांसदका रूपमा हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा समेत उथलपुथल भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस