• चितवन : गैँडाको आक्रमणबाट नेचर गाइडको ज्यान गयो

  • चितवन – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट ज्यान गएको छ ।

    आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई अहिले रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षका सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको हो ।

    गैँडाको आक्रमणबाट घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रेग्मीसँग रहेका पर्यटक भने सकुसल रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस