• एसीसी प्रिमियर कपमा नेपालकाे लगातार दाेस्राे जित

  • काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दाेस्राे जित हात पारेकाे छ । आज भएकाे खेलमा नेपालले कतारलाई ३२ रनले हरायाे । 

    नेपालले दिएकाे २ सय ११ रनकाे लक्ष्य पछ्याएकाे कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रनमात्र बनाउन सक्याे । ओमानका कप्तान मुहम्मद तानभीरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झाले समान २ विकेट लिए । यस्तै कुशल मल्ल र अबिनाश बाेहराले समान १ विकेट लिए ।

    यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायाे । नेपालका दीपेन्द्रसिंह ऐरीले २१ बलमा नट आउट ६४ रन बनाए । दीपेन्द्रले खेलकाे २० औँ ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आसिफ शेखले ५२ र कुशल मल्लले ३५ रन बनाए । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

    यसअघि हिजाे आफ्नाे पहिलाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएकाे थियाे । अब नेपालले तेस्राे खेलमा पर्सि साेमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणकाे अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

    टी-२० फर्म्याटमा भइरहेकाे प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस