• च्याउ टिप्न गएका तीन जना बालक डढेलाेबाट सल्किएकाे आगाेमा परेर घाइते

  • काठमाण्डाै – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् । आगाेमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए । घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

    डोल्पामा गएको सोमवार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको थियो । घाइते एक जनाको कीर्तिपुरमा उपचार भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस