• राेहित पाैडेलकाे कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने नेपाली टाेली यस्ताे छ

  • काठमाण्डाै – ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियाेगिताका लागि राेहित पाैडेलकाे कप्तानीमा १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।

    यही चैत ३० गतेदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । याे समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बाेडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

    भारतमा एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट प्रतियाेगिता खेल्न आएकाे नेपाली टाेली उतैबाट ओमान पुग्नेछ ।

    नेपाली टाेलीमा कप्तान पाैडैलसँगै, कुशल भुर्तेल, सन्दीप जाेरा, गुल्सन झा, करण केसी, प्रतिज जिसी, विवेक यादव, अबिनाश बाेहरा, साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस