• भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि शुरु

  • काठमाण्डौ – भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि शुरु हुँदैछ । हरेक वर्ष नयाँ वर्ष अर्थात् बैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ ।

    तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान भक्तपुरले जनाएको छ । आज भैरवनाथको रथसँगै भद्रकालीको रथ सिङ्गारेर रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ ।

    त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई  एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटो डोरी राखेर युवाले तानेर पाँंचतले मन्दिर अगाडि पुर्‍याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

    बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिङ्गो ठड्याइन्छ । यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै बिस्का जात्रा शान्तिपूर्ण बनाउन गुठी संस्थानले आह्वान गरेको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस