• राजनीतिमा राजनीति मात्रै चल्छ, परिवारमा टीका लगाउने त भइरहन्छ : लामिछाने

  • इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजनीतिमा राजनीति नै चल्ने बताएका छन् । आज (शनिबार) इलाम–२ मा मिलन लिम्बूको औपचारिक उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्व. सुवास नेम्वाङको परिवारप्रति कुनै टिप्पणी नगर्ने बताए ।

    ‘जुन राजनीतिको वकालत स्व. सुवास नेम्वाङले गर्नुभयो, त्यो राजनीतिको वकालत शायद राजनीतिक रुपमा चाहीँ त्यसको विरासत रास्वपाले नै धान्नु पर्छ । पारिवारिक रुपमा मलाई केही भन्नु छैन,’ उनले भने, ‘राजनीतिमा राजनीति मात्रै चल्छ । परिवारमा टीका लगाउने, दसैँ तिहार मनाउने कुरा त सधैँ रहिरहन्छ ।’

    उनले इलामबाट लामो रेखा कोर्न चाहेको भन्दै मौका कुरिरहेको बताएका छन् । ‘इलामलाई चिनेको, गरिब किसान परिवारबाट पत्रिका बेच्ने मान्छे, समाचारमा काम गर्ने मान्छे, जसले इमानदारीताका साथ आफ्नो परिचय बनाए, उहाँलाई हामीले उम्मेदवारको रुपमा खडा गरेका छौँ,’ उनले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस