• बढ्यो पेट्रोलको मूल्य, आजै रातिबाट लागू हुने

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ। इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल-मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो।

    निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल-मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय