• होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही गर्ने गुल्मी प्रशासनको चेतावनी

  • गुल्मी । फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले अपिल गरेको छ ।

    प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेको छ ।

    त्यस्तै  बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेलगायत उच्छृङ्खलअवाञ्छित कार्यहरू प्रचलित कानूनविपरीत भएकोले नगर्न सूचनामा उल्लेख छ । यस्ता कराय गरेको पाइए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

    चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस