• ‘हनी ट्रयाप’ मा पारेर रकम असुलेको आरोपमा महिला पक्राउ

  • काठमाडौं । ‘हनी ट्रयाप’ मा पारेर रकम असुलेको आरोपमा एक युवती पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–८ घर भई कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् ।

    उनले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रोनिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई हनी ट्रयापमा पारेको प्रहरीले जनाएको छ । आचार्यले ती व्यक्तिलाई राइस कुकर बनाउने बहाना बनाएर पटक–पटक सम्पर्क गरेकी थिइन् ।
    त्यस्तै रकम माग गरेको र रकम भनेअनुसार नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने, प्रहरी तथा परिवारमा समेत भनिदिने धाकधम्की, डर त्रास देखाएको आरोप छ ।

    यसरी उनले १० लाख माग गरेको, तीन लाख चेकमार्फत दिने र बाँकी सात लाख रकम एक हप्तामा दिने भनेर मोलमोलाई समेत भएको थियो । पछि उक्त रकम असुल भएपछि कार्यालयको टोलीले आचार्यलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । बुधबार प्रहरीले उनलाई नियन्त्रणमा लिदा चेक लेनदेन भइरहेको थियो । उनको साथबाट उनका नाममा जारी भएको नबिल बैंकको चेक र एप्पल कम्पनीको आइफोन बरामद भएको छ । पक्राउ परेकी आचार्य विवाहित हुन् । उनका पति अष्ट्रेलियामा भएको प्रहरीलाई जनाएको छ । कठमाडौं, कुलेश्वरमा उनी भाडाको घरमा एक्लै बस्दै आएकी छन् । उनका सन्तान छैनन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय