• काठमाण्डौसहित बाग्मती, मधेश र कोशी प्रदेशमा वर्षा

  • काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानदेखि पानी परिरहेको छ । अहिले काठमाण्डौ उपत्यका र आसपासमा पानी परिरहेको छ ।

    बिहान झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशका बिभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको हो । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो । न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा धेरै देखिएको छ । यही प्रणालीका कारण पूर्वी नेपाल र मधेशमा वर्षा सुरु भएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस