नेत्र गैरे
पाल्पा । समृद्धिका लागी सञ्चार कर्म , प्रेस चौतारीको मुल मर्म भन्ने नारा सहित पे्रस चौतारी पाल्पाको ९औं जिल्ला अधिवेशन तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले कृष्ण कार्कीको अध्यक्षतामा १५ सदस्यिय कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा शोभाकान्त पाठक र रिमा सोमै रहेका छन् भने सचिव दयाराज न्यौपाने कोषाध्यक्ष नेत्र गैरे सह–सचिव द्धय विजय बौडेल र भुवन रायमाझी निर्विरोध चयन भएका छन् । यस्तै सदस्यहरुमा खुमबहादुर पौडेल, प्रेम बाकाबल, खेमराज पाण्ड,े जनकराज भट्टराई, हरिबहादुर विक, गुणवती केसी र सुमित्रा कँडेल रहेकाछन् ।
केन्द्रिय प्रतिनिधिमा बन्दना पोखरेल, टीकाराम बस्याल र सन्तोष बस्याल प्रदेश प्रतिनिधिमा ,नवराज ज्ञवाली, सन्तोष ज्ञवाली,गीता ज्ञवाली चयन भएको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताए ।
अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष गणेश बस्नेतले सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी तथ्यको आधारमा सत्य स्थापित गर्न प्रेस चौतारी लाग्नु पर्ने बताए । सरकारले ल्याएको मिडिया विधेयकका बिषयमा बोल्दै अध्यक्ष बस्नेतले सामाजिक संजाल र पत्रकारिता फरक रहेको सबैको बुझाई हुनुपर्ने बताए । विधेयक पत्रकार मैत्री नै हुने र प्रेस स्वतन्त्रता हनन नदिने उनको भनाई थियो ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले जनतालाई सुसूचित गराउदै सरकारलाई गरेको खबरदारीमा संचारक्षेत्रले अग्रणी भुमिका खेलेको बताए । नेपालका हरेक आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रेस चौतारीले समाजलाई आमुल परिवर्तन गर्ने गरि श्रमजीवीका पक्षमा वकालत गर्दै आएको समेत उनले बताए ।
शुभकामना दिनेहरुमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, प्रेस चौतारी केन्द्रीय सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज तथा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष माधव अर्याल, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा,नेकपा एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्ती लगायतले बोल्दै समाजमा भएका अराजकतालाई पत्रकारिता मार्फत न्यूनीकरण गराउन पहल गर्नु पर्ने बताए ।
प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारीको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले संचालन गरेको बन्दसत्र कार्यक्रममा शाखाका सचिव नारायण न्यौपानेद्धारा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नेत्र गैरे द्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेलको स्वागतबाट सुरु गरिएको अधिवेशनको कृष्ण कार्कीको अध्यक्षता र सचिब नारायण न्यौपानेको सन्चालनमा चलेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।