• रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय प्रमुखकाे ज्यान गयाे

  • रुपन्देही – रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय मझगावा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको ज्यान गएको छ ।

    भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि गए राति भएको दुर्घटनामा परेर रुकुमको मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षका रावतको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

    बा २१ च ७५५३ नम्बरको कारले प्रदेश ३–०२ ००१ ब ४८० नम्बरको मोटरसाइकलमा चढेका रावतलाई ठक्कर दिएकाे थियाे । कारका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का अलाउद्दिन मुसलवानलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस