• तीन प्रदेशका प्रमुख पदमुक्त

  • काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएकाे हाे ।

    मधेश प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई राष्ट्रपतिले पदमुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस