• गुल्मीका युवा प्रशान्त तिवारी बने बिश्वकै उत्कृष्ट जापानको अटो कम्पनी ‘निसान’मा सफ्टवयेर इन्जिनर

  • जापान। बिश्वकै उत्कृष्ट जापानको चर्चित अटो कम्पनी ‘निसान’ (NISSAN )ले जापानका उत्कृष्ट बिश्वबिधालयका (University )उत्कृष्ट बिधार्थी (Student )लाइ दिने आकर्षक कामको अफर (Job Offer )मुसिकोट नगरपालिका -५ , आँपचौर गुल्मीका युवा प्रशान्त तिवारीले जापानको खानागाबा केनको योकोहामा मा रहेको निसान मोटर्सको मुख्य कार्यालयमा सोफ्टवेर इन्जीनियर तथा डाटा साइनटिष्टमा (Software Engineer and Data Scientist ) काम प्राप्त गर्न सफल भएका छन् ।

    जापानको ओसाकामा रहेको रिचुमेइखान युनिभर्सिटी (Retsumeikan University )मा कम्प्यूटर साइन्स तथा इन्जीनियरिंग (computer Science and engineering )तेस्रो बर्ष ( Third Year ) मा पढ़दै गरेका प्रशान्त तिवारीलाइ पढाइ पुरा हुन एक बर्ष पहिले नै 2025 Aprail First बाट काम सुरू गर्ने गरी निसान मोटर्स कर्पोरेसनले (Nissan Motor Corporation )सफटवयेर इन्जिन्यर तथा डाटा साइनटिष्ट(Software Engineer and Data Scientist )मा रोज़गारीको सुनौलो अबसर प्रदान गरेको हो र।

    काठमाण्डौको ज्ञानेश्वरमा रहेको ग्यालेक्सी पब्लिक स्कुल (Galaxy Public School )बाट दश कक्षा उत्तीर्ण प्रसान्त तिवारी ललितपुरको प्रसादी एकेडमी (Prasadi Academy )बाट बिज्ञान बिषयमा प्लस टु पास गरेका थिए । सानै उमेर देखी कम्प्युटरमा रूची राख्ने प्रशान्तले जापानको ओसाकामा रहेंको रिचुमेइखान युनिभर्सिटी (Ritsumeikan University )मा कम्प्यूटर साइन्स तथा इन्जीनियर (computer Science and engineering )पढदै छन ।

    बिश्वबिधालयको पढाइमा अब्बल मात्र होइन अंग्रेज़ी परिक्षाहरू IELTS , SAT , ACT , TOICE लगायत जापानी भाषा N2 लेबल पनि उत्कृष्ट अंकका साथ पास गरेका छन ।जापानका युनिभर्सिटिमा पढ़ने नेपाली बिधार्थीका लागी प्रशान्त एक प्रेरणाका श्रोत र एक सफल उदाहरण समेत बनेकाछन।

    जापानमा पढने धेरै नेपाली विद्यार्थीहरूले दक्ष शिक्षा सँगै कामको उत्कृष्ट अबसर समेत प्राप्त गर्न सक्षम छन् भन्ने कुरा प्रशान्त तिवारीले प्रमाणित गरेका छन् ।

    मेहनती र लगनशील प्रशान्त तिवारीलाइ हाम्रो पनि शुभकामना ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस