• बुटवल जेसीज द्वारा साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम

  • बुटवल । बुटवल जेसीजले सिद्दार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीहरुको लागि साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम प्रदान गरेको छ ।

    विद्यमान समय आधुनिक युग सँगै आधारभुत आवश्यकतामा प्रविधिको उपयोग हुँदै गइरहेको र प्रविधिको सहि प्रयोग गर्न नसक्दा गोपनियता भंग हुने देखि तथ्याङ्क चोरी सम्मका गतिविधिले बिकराल अवस्था निम्त्याइरहेको अवस्थालाई मध्यनजर गर्दै सहि तवरले प्रविधिको प्रयोग गर्न सकेमा नकारात्मक प्रतिफललाई निर्मुल गरि सकारात्मक प्रतिफलको भोगी हुन सकिने विषयलाई ध्यानाकर्षण गराउने हेतुले यो सचेतना कार्यक्रम आयोजना गरेको बुटवल जेसीज-२०२४ का अध्यक्ष जेसी विनोद घिमिरेले बताउनुभयो !

    बुटवल जेसीज, बोर्ड अफ ट्रस्ट्रीजका अध्यक्ष तथा सिद्धार्थ गौतम बुद्ध क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न साइबर सेकुरिटी सम्बन्धि सचेतना कार्यक्रमको प्रमुख प्रशिक्षकमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाज्यू हुनुहुन्थ्यो भने सिद्धार्थ गौतम बुद्ध क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्मा लगायत ३०० भन्दा बढी विद्यार्थीको उपस्थितमा सम्पन्न कार्यक्रमको संचालन बुटवल जेसीज-२०२४ का महासचिव जेसी केशव श्रीस ज्यूले गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक जेसी ओम हरि अचार्यले युग प्रविधी सँग घनिष्ठ बन्दै गएकाले सेकुरिटी सम्बन्धि सिकाई विश्वविद्यालयका पाठ्यक्रममा समेत अपरिहार्य रहेको उदृध गर्दै प्रविधी प्रयोगकर्ताले सामान्य सेकुरिटीका सिकाइहरुमा प्रष्ट जरुरी रहेको बताउनुभयो । बुटवल जेसीज वर्ष २०२४ को मुल नारा ” Leadership For Bright Future” को अर्थ अनुसार उज्वल भविष्यको लागि प्रविधीमा निर्भर यस समयमा प्रविधी मैत्री सफल नेतृत्व बन्न सेकुरिटी सम्बन्धि सचेतना कार्यक्रमहरु सम्पुर्ण प्रविधी प्रयोगकर्ता माझ पुग्नुपर्ने समयको बलियो माग रहेको उदृध गर्दै बुटवल जेसीज उदाहरणको रुपमा साइबर सेकुरिटी सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरेको बुटवल जेसीज-२०२४ का मिडिया संयोजक जेसी नारायण घिमिरे “भावुक” ले जानकारी गराउनु भयो ।

    विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावना र नेतृत्व अनि व्यक्तित्व विकासलाई आत्मसात गर्दै निरन्तर सक्रिय रहेका युवाहरुको समूह हो जेसीज । यहि अभियानमा जोडिनका लागि बुटवल क्षेत्रका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेश्यले स्थापना भएको बुटवल जेसीज एक अग्रणी तथा पुरानो शाखा हो । सन् १९७४ मा गोरखपुर जेसीजको मातृत्वमा स्थापित बुटवल जेसीजले आफ्नो अर्ध सतकको यात्रा पूरा गरिसकेको छ । ऐतिहासिक बुटवल नगरमा व्यक्तित्व र नेतृत्वदायी भुमिका निर्वाह गर्ने एवं प्रशिक्षणको माध्यमबाट वर्ष १८ देखी ४० का युवाहरुलाई प्रशिक्षित गर्ने थलोको रुपमा स्थापित बुटवल जेसीजका संस्थापक अध्यक्ष स्व. द्रोणराज जोशी रहनुभएको थियो ।

    अहिले ५० औं वर्षमा बुटवल जेसीजले यात्रा गर्दै वर्ष २०२४ को नेतृत्वमा जेसी विनोद घिमिरे रहेका छन् भने १०१ जना युवाहरु बुटवल जेसीजमा रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस