• गुल्मीमा २४ सामुदायिक विद्यालयका किशोरीको रक्तअल्पता परिक्षण गरिँदै

  • गुल्मी । स्वास्थ्य कार्यालय गुल्मीले सामुदायिक बिद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परिक्षण गर्ने अभियान सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, रेसुङा नगरपालिकाका मेयर खिलध्वज पन्थी र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा लगायतले सिद्धबाबा माबिबाट अभियानको शुभारम्भ गरे । अभियानमा जिल्लाका १२ स्थानीय तहका २४ सामुदायिक विद्यालयका पाँच हजार आठ सय किशोरीले रक्तअल्पताको परिक्षण गर्ने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कक्षा ६-१२ सम्म १० बर्ष उमेर पुगेका र १९ बर्ष ननाघेका किशोरीहरुको रक्तअल्पता परिक्षण हुने छ । उनीहरुले बर्षमा २ पटक आइरन र फोलिक एसिड खाने गरेका छन् । यो अभियान लुम्बिनी प्रदेशमा मात्रै छ ।

    आइरन र फोलिक एसिडको सेवनले किशोरीहरुमा रक्तअल्पताको अवस्थामा सुधार आए/नआएको पत्ता लगाउन र लुम्बिनी प्रदेशका किशोरीहरुमा रक्तअल्पताको समस्या बढी भएकाले अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय गुल्मीको वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले जानकारी दिइन । २३ फागुनमा सिद्धबाबा माबिका पाँच सय १९ र २४ फागुनमा महेन्द्र माबिका दुई सय ६५ छात्राको रक्तअल्पता परिक्षण गरिने योजना रहेकोे कार्यक्रमको फोकल प्रर्सन तथा परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिए । किशोरीको रक्तअल्पतासहित तौल र उचाई पनि परिक्षण हुनेछ ।

    रक्तअल्पता परिक्षण हुने पालिका र विद्यालय

    जिल्लाका १२ पालिकाका २४ सामुदायिक विद्यालयमा अभियान संचालन हुनेछ । रेसुङा नगरपालिकाको सिद्धबा माबिमा पाँच सय १९ र महेन्द्र माबिमा दुई सय ६५, मालिकाको नेटा दर्लिङ माबिमा एक सय ६६ र मालिका माबिमा तीन सय ५०, मदानेमा पृथ्वी माबिका दुई सय ५३ र मेघगगा माबीका दुई सय १७, इस्मामा रामराज्य माबिका दुई सय ४१ र अमरपुर ओम प्रसाद गौतम माबीका एक सय ८४, धुर्कोटको हिमालय माबीका तीन सय ३१ र नयागाउ माबी एक सय १९, गुल्मी दरवारमा रुन्खादह माबीका तीन सय ५० र इश्वरी माबिमा तीन सय जना किशोरीले रक्तअल्पता परिक्षण गर्ने स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर तथा कार्यक्रमका फोकल पर्सन गोपाल कार्कीले नयाँ पत्रीकालाई जानकारी दिए । कार्कीका अनुसार छत्रकोटको मैनडाडा माबिमा एक सय ५० र नेपाल राष्ट्रिय माबी एक सय १०, रुरु क्षेत्रमा रिडि माबिका एक सय ८२ र जनबोध माबीका दुई ८०, कालीगण्डकीको जीवनउद्वार माबीका एक सय ८० र दुर्गा भवन माबीका एक सय ६६, चन्द्रकोटमा उदय माबीका तीन सय २९ र ज्ञानोदय माबीका दुई सय ५१, सत्यवतीमा सत्यवती माबीका दुई सय १६ र धर्मपुर माबीका एक सय ८७ तथा मुसिकोट नगरपालिमा महेन्द्र आदर्श माबीका तीन सय र पृथ्वी माबीका दुई सय किशोरीको रक्तअल्पता परिक्षण गरिने कार्कीले बताए ।

    अभियानको लागि स्वास्थ्य कार्यालय गुल्मीले पालिकाका स्वास्थ्य र शिक्षा शाखा प्रमुखहरुलाई अभिमुखिकरण गरेको छ । पालिकागत कार्ययोजना र ब्यास्थापनका काम भएकाले बिस्तारै सबै विद्यालयमा अभियान संचालन हुने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस