काठमाण्डाै – दुई हप्तामै तीन पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा पर्नुभएको छ । पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा पर्नुभएको हो ।
एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने उहाँ विश्वकै पहिलो महिला आरोही हुनुहुन्छ । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गर्नुभएको थियो ।
पूर्णिमा सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गर्नुभएको थियो ।
सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसूस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताउनुभएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।